काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप भएको छ ।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले म्याद थप गरेको हो।
सोमबार विशेष अदालतले दीपक भट्टको हकमा आज आठौँ पटक र शुलभ अग्रवालको हकमा नवौँ पटक ३-३ दिन म्याद थप गरेको हो।
प्रतिक्रिया