अबदेखि विभिन्न २५ वटा अत्यावश्यक सेवामा बन्द हडताल गर्न नपाइने भएकाे छ । सरकारले एक सूचना प्रकाशित गर्दै अत्यावश्यक सेवामा हडताल गर्न नपाइने बताएकाे हाे ।
सरकारले हिजो राजपत्रमा सूचना प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरिने बताएकाे छ । सरकारी सूचनाअनुसार डाक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायातलगायतमा हडताल गर्न नपाइने भएकाे हाे ।
त्यसैगरि सरकारले प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधि, फोहरमैला, बैंक, बीमा, विद्युत्, दैनिक उपभोग्य बस्तु राहदानी लगायतका क्षेत्रमा हडताल गर्न निषेध गरेको छ ।
प्रतिक्रिया