+
Search

ताजा अपडेट +

पपुलर +

कटुवा पेस्तोल र शंकास्पद सामानसहित एक जना पक्राउ

शब्द-यात्रा
२०८३ जेठ २७, बुधबार

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-५, सत्कार चोकबाट कटुवा पेस्तोल र विभिन्न शंकास्पद सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत घर भई हाल सत्कार चोक नजिक डेरा गरी बस्ने २४ वर्षीय साहिल खान पक्राउ परेकाे प्रहरीले जनाएको छ ।

गएराति साढे १० बजेतिर विशेष सूचनाको आधारमा प्रहरीले खानको कोठामा चेकजाँच गरि कटुवा पेस्तोल १ थान, रेन्च १ थान, चाँदीको करुवा १ थान, चाँदीजस्तो देखिने घाँटीमा लगाउने माला २ थान, टर्चलाइट २ थान, फलामको रड १ थान, डिजिटल काटा १ थान र खुकुरी १ थान बरामद गरेको थियाे ।

बरामद सामान सहित पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा