+
Search

ताजा अपडेट +

पपुलर +

मतदाता नामावली विवादपछि रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित

शब्द-यात्रा
२०८३ जेठ २७, बुधबार

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन मतदाता नामावलीसम्बन्धी विवादका कारण स्थगित गरिएको छ।

निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरी बुधबार बिहानदेखि मतदान प्रक्रिया समेत सुरु गरेको थियो। तर मतदाता नामावलीबारे विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित गरिएको अधिवेशनमा सहभागी एक नेताले जानकारी दिएका छन्।

विवाद बढेपछि निर्वाचन समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित गर्दै कार्यक्रमस्थल खाली गर्न निर्देशन दिएको थियो। समितिको निर्देशनलगत्तै प्रहरीले कार्यक्रमस्थल खाली गराएको छ।

निर्वाचन समितिले अधिवेशन तथा निर्वाचन प्रक्रिया पुनः सञ्चालनका लागि हालसम्म नयाँ मिति भने तय गरेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा