काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौँमा तीन वर्षदेखि विचाराधीन रहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ हुन थालेको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठुलो रकम असुली गरेको प्रकरण लामो समयदेखि अदालतमा विचाराधीन अवस्थामा थियो । कागजात तयार पारी सङ्गठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा छ ।
प्रतिक्रिया