+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टीकरण परराष्ट्रमन्त्रीले दिने अवस्था दुर्भाग्यपूर्णः राप्रपा

शब्द-यात्रा
२०८३ जेठ २७, बुधबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरण दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीहरूले स्पष्टीकरण दिने कुरा विश्वमा कहीँ नभएको बताए ।

नेपालको इतिहासमा प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टीकरण मन्त्री ले दिएर सरकार उल्टो गतिमा हिँडेको नेता शाहीको भनाइ छ । शाहीले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि नेपाल भारत सीमा क्षेत्रमा जनताले दुःख झेल्नु परिरहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा