+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री बालेनले दिए मोदीलाई बधाई

शब्द-यात्रा
२०८३ जेठ २८, बिहीबार

प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । प्रधानमन्त्री शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा रहेकाे भन्दै समकक्षी मोदीलाई बधाई ज्ञापन तथा शुभकामना दिएका हुन् ।

हिजाे साँझ प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत प्रधामन्त्री मोदीको उक्त एतिहासिक उपलब्धिप्रति शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री शाहले भनेका छन्, “तपाईँको सुस्वास्थ एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको शुभकामना व्यक्त गर्दछु।”

प्रधानमन्त्री शाहले दुई देशबीच रहीआएको सम्बन्धको उच्च सम्मान गर्दै यसलाई थप सुदृढ गर्न आफू इन्छुक रहेको समेत सन्देश मार्फत उल्लेख गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा