देशभर उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेकाले माैसम बदलीसँगै वर्षा हुने सम्भावना रहेकाे छ ।
जसकाे प्रभावले अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागकाे माैसम बदली हुनुका साथै तराई क्षेत्रमा आंशिक बदली भएकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यसैगरि लुम्बिनी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागकाे माैसम साधारणतया बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागमा मेघगर्जन तथा चट्याङसहित वर्षाकाे सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
आज राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत तराई भूभागमा आंशिक बदली हुँदा हिमाली भूभागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएकाे छ ।
महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया