काठमाडौँ । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाको रामानन्द चोकबाटबाट पक्राउ गरेको हो ।
शकुन्तला अधिकारी थापाको) जाहेरीका आधारमा ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि गएराति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।
उनीहरू दुबैलाई काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया