+
Search

ताजा अपडेट +

पपुलर +

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

शब्द-यात्रा
२०८३ जेठ ३०, शनिबार

बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको थियो ।

चालकको शव भने दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा