+
Search

ताजा अपडेट +

पपुलर +

दाङमा बालुवामा पुरिएर मजदुरको मृत्यु

शब्द-यात्रा
२०८३ जेठ ३०, शनिबार

दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक मजदुरको मृत्यु भएको छ ।

देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२ का ४५ वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर मृत्यु भएको हो ।

गढवास्थित इलाका प्रहरी कार्यालयले जनाएअनुसार बिटुमिन तयार गर्ने स्थानमा मजदुर नभएको ठानेर एस्काभेटर चालक अनिलकुमार थारुले बालुवा फालेका थिए । चालक थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा