काठमाडौँ । नेपाल र भारतबीच सीमापार रेलमार्ग परियोजना कार्यान्वयन र यस क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप बलियो बनाउने उद्देश्यले काठमाडौँमा छलफल र्भको छ ।
दुई दिनसम्म चलेको १०औँ प्रोजेक्ट स्टेयरिङ कमिटी र आठौँ संयुक्त कार्य समूहको बैठकले रेलमार्ग परियोजनाहरूको बारेमा नेपाल–भारत रेल सञ्जाल विस्तारका विभिन्न विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेका जयनगर बिजुलपुरा–बर्दिबास र जोगबनी–विराटनगर ब्रोड गेज रेलमार्गको हालसम्मको प्रगतिका बारेमा छलफल भएको थियो । यसका साथै दुवै पक्षले जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनका लागि आवश्यक पर्ने सञ्चालन प्रक्रियाको मस्यौदामाथि पनि छलफल भएको हो ।
बैठकले रक्सौल–काठमाडौँ ब्रोड गेज रेलमार्गको फाइनल लोकेसन सर्भे प्रतिवेदनका विषयमा पनि महत्त्वपूर्ण छलफल भएको दूतावासले जनाएको छ ।
प्रतिक्रिया