फिफा विश्वकप अन्तर्गत सम्पन्न दुई खेल बराबरीमा राेकिएका छन् । क्यालिफोर्नियाको सान्ता क्लारास्थित लेभाइस स्टेडियममा भएको खेलमा कतार र स्विट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेका थिए भने अमेरिकाको न्यु जर्सी रंगशालामा भएको खेलमा ब्राजिल र मोरक्को पनि १–१ खेलको बराबरीमा रोकिएका हुन् ।
कतार र स्विट्जरल्यान्डकाे खेलमा स्विट्जरल्यान्डले सुरुवाती अग्रता लिए पनि खेलको अन्तिम क्षणमा कतारले पुनरागमन गरेकाे थियाे । कतारमाथि दबाब कायम गरेको स्विट्जरल्यान्डले पहिलो हाफकाे १७औँ मिनेटमा पेनाल्टी मार्फत २९ वर्षीय ब्रिल एम्बोलोले गाेल गर्दै अग्रता दिलाएका थिए ।
उक्त खेलकाे ९०औँ मिनेटमा कतारका अहमद अलाअल्दिनको प्रहार गाेलमा परिनत हुँदा कतारले स्विट्जरल्यान्डसँग हारकाे सामना गर्न परेन् । अन्ततः इन्जुरी समयमा भएकाे उक्त गाेलसँगै कतार र स्विट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेका हुन् ।
त्यस्तै ब्राजिल र मोरक्को खेलमा मोरक्कोका इस्माइल साइबारीले २१औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ब्राजिलकाे भिनिसियस जुनियरले ३२औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका थिए । दाेश्राे हापमा दुवै टाेलीले कुनै गाेल गर्न नसक्दा ब्राजिल र मोरक्को १–१ काे बराबरीमा राेकिएका हुन् ।
अर्काे खेल नेपाली समयअनुसार अहिले पाैने ७ बजे हाइटी र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया