बुद्ध एयरको जहाजमा आकस्मिक रूपमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको छ । बिहान काठमाडौंबाट जनकपुरका लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हाे ।
बिहान ७ बजेर ५ मिनेटकाे समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै काठमाडौं फर्काइएको थियाे ।
जहाजमा प्राविधिक समस्या देखिएपछि जहाजलाई आपत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जनाएका छन् । उनका अनुसार जहाजका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेकाे बताइएकाे छ ।
जहाजमा देखिएको प्राविधिक समस्याबारे थप प्राविधिक परीक्षण भइरहेको र प्रभावित यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन वैकल्पिक व्यवस्था मिलाउने तयारी भइरहेको पनि प्रवक्ता सञ्जय कुमारले जनाएका छन् ।
प्रतिक्रिया