आज प्रतिनिधि सभाको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे बस्ने संघीय संसद् सचिवालयले जनाएकाे छ ।
आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने बताइएकाे छ ।
आजकाे बैठककाे कार्यसूचीअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुनेछ ।
त्यसैगरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि पनि छलफल हुने सचिवालयले जनाएकाे छ ।
प्रतिक्रिया