फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न तीन खेल बराबरीमा राेकिएकाे छ । गएराति सम्पन्न खेलमा फिफा विश्वकपमा पहिलो पटक सहभागिता जनाएको केप भर्ड र बलियो टोली स्पेनबीच भएकाे खेल गाेलरहित बराबरीमा सकिएकाे हाे ।
झण्डै ५ लाख जति जनसंख्या भएको सानो राष्ट्र केप भर्डले लुइस डे ला फुएन्टेको कप्तानीमा खेलेकाे खेलमा विश्वविजेता बलियो टोली स्पेनलाई गोलरहित बराबरीमा राेक्दै नयाँ किर्तिमानी कायम गरेकाे हाे ।
त्यसैगरि दाेश्राे खेलमा बेल्जियम र इजिप्टले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको १९ औं मिनेटमा एमाम आसुरले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए भने इजिप्टले पहिलो हाफभरि बेल्जियमलाई दबाबमा राखेको थियो ।
दाेश्राे हापकाे ६६ औं मिनेटमा थोमस मुनिएरको क्रसलाई रोक्ने प्रयास गर्दा इजिप्टका डिफेन्डर मोहामेद हानीले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए । उक्त गाेल नै बेल्जियमका लागि निर्णायक गाेल बनेकाे थियाे भने दुवै टोलीबाट थप गोल हुन नसकेपछि दुवैले १-१ अंकमा चित्त बुझाएका थिए ।
त्यसैगरि अर्काे खेलमा विश्व विजेता उरुग्वे र साउदी अरबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलकाे ४१ औं मिनेटमा अब्दुलइलाह अलअम्रीले गोल गर्दै साउदी अरबलाई सुरुवाती अग्रता दिलाएका थिए ।
दाेश्राे हापकाे ८० औं मिनेटमा उरुग्वेका माक्सी अराउजोले गोल गर्दै १-१ गोलको बराबरी बनाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल १-१ को बराबरीमा राेकिएकाे थियाे । यसरी केप भर्ड र स्पेन, बेल्जियम र इजिप्ट अनि उरुग्वे र साउदी अरबसहितकाे तीन खेल बराबरीमा सकिएकाे छ ।
प्रतिक्रिया