+
Search

ताजा अपडेट +

पपुलर +

१७ थान भरुवा बन्दुक बरामद

शब्द-यात्रा
२०८३ असार २, मंगलबार

काठमाडौँ । धादिङमा प्रहरीले दुई थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । यता प्युठानबाट बेवारिसे अवस्थामा रहेका १५ थान एकनाले भरुवा बन्दुक बरामद गरिएको छ।

धादिङको निलकण्ठ नगरपालिका वडा नं ११ गोला भञ्ज्याङबाट दुई थान भरुवा बन्दुकसहित दुई जनालाई सोमबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा गोला भञ्ज्याङकै रैथाने बासिन्दा ३३ वर्षीय श्यामबहादुर शाक्य र सोही नगरपालिकाको वडा नं ९ बस्ने ३२ वर्षीय सन्तबहादुर गुरूङ रहेका छन्। अवैध रूपमा हतियार ओसारपसार वा लुकाइछिपाइ राखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई बन्दुकसहित रङ्गेहात पक्राउ गरेको हो।

यसैगरी प्युठान जिल्लामा दुई फरक स्थानबाट कुल १५ थान एकनाले भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा