काठमाडौँ । पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको छ ।
औषधि व्यवस्था विभागले आज मङ्गलबार एक सूचना जारी गर्दै कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको प्रमाणपत्र स्वतः खारेज भएको जनाएको हो ।
तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जानकारी दिएको छ । औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्था र सोही ऐनको दफा ११ को उपदफा ५ बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था लागू गरिएको हो ।

प्रतिक्रिया