+
Search

ताजा अपडेट +

पपुलर +

बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न पर्यटन व्यवसायीको आग्रह

शब्द-यात्रा
२०८३ असार २, मंगलबार

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न पर्यटन व्यवसायीले आग्रह गरेका छन् ।

निकुञ्जमा आउने पर्यटकको बसाइ बढाउने उद्देश्यले आग्रह गरिएको होटल तथा रिर्सोटको सञ्चालकहरूले बताएका छन्।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट बाँके च्याप्टरको समन्वयमा भारतीय पर्यटकसहितको प्रतिष्ठित उद्योगीलगायतको नेपाली टोलीले निकुञ्जको अवलोकन भ्रमणपछि पर्यटन प्रवर्द्धनका सम्भावित लगानीका विषयमा छलफल गरिएको छ ।

नेपालगन्जका उद्योगी सञ्जय अग्रवालले बाँके राष्ट्रिय निकुञ्ज प्रचारप्रसार नभएका कारणले ओझेलमा परेको उल्लेख गर्दै आर्कषक होटल तथा रिर्सोटले यहाँको सौन्दर्य बढाउने बताए।

उद्योगी अग्रवालले यहाँको मनमोहक हरियाली सुन्दर भएको औँल्याउँदै निकुञ्ज घुम्दै जाँदा देखिने चित्तल, हात्ती, मयुरलगायतका वन्यजन्तुले घुमफिरलाई रोमाञ्चक बनाउने उल्लेख गरे।

अर्का उद्योगी चम्पालाल बोथ्राले निकुञ्जको प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै यसको प्रचारबाट पर्यटक भित्र्याउन सकिने बताए।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले निकुञ्ज करिब २० किलोमिटर नेपाल–भारत सीमा नजिक रहेकाले भारतीय पर्यटकलाई भित्र्याउने वातावरण निर्माण भए त्यसले अर्थतन्त्रमा योगदान पुर्याउने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा