+
Search

ताजा अपडेट +

पपुलर +

नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार

शब्द-यात्रा
२०८३ असार २, मंगलबार

शेयरबजार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ ।

अघिल्लो दिन १२ अंकमाथिले घटेको नेप्से सूचक आज दास्रो दिन थप ६.३१ अंकले घट्दै २ हजार ७०५.४५ अंकमा झरेको हो ।

आज ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन १२ अंकमाथिले सूचक घट्दा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको थियो ।

आज म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।

सोपान फार्मेसिटीकल कम्पनीको शेयर मूल्य आज १५ प्रतिशतले बढेको छ भने अपलो हाइड्रोपावरको शेयर मूल्य १४।९८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा