+
Search

ताजा अपडेट +

पपुलर +

फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वे विजयी

शब्द-यात्रा
२०८३ असार ३, बुधबार

फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न दुई खेलमा फ्रान्स र नर्वे विजयी भएका छन् । न्युजर्सी स्टेडियममा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलकाे अन्तरले पराजित गर्दै विजयी हुँदा बोस्टन स्टेडियममा भएको खेलमा नर्वेले इराकलाइ ४–१ ले हराउँदै विजयी भएकाे हाे ।

फ्रान्सकाे जितमा कप्तान किलियन एम्बाप्पेले २ गाेल गरेका थिए भने ब्राड्ली बारकोलाले १ गाेल गरेका थिए । सेनेगलको तर्फबाट खेलको ९०ंऔँ मिनेटमा इब्राहिम म्बायेले गोल गरेपनि खेल अवधिभर अर्काे गाेल गर्न नसक्दा सेनेगलले हार व्यहाेर्न परेकाे थियाे ।

त्यस्तै बोस्टन स्टेडियममा भएको खेलमा नर्वेका स्टार स्ट्राइकर इर्लिङ हालान्डले पहिलाे हापमा २ गोल गरेका थिए भने दोस्रो हाफमा लियो ओस्टिगार्डले १ गाेल गरेका थिए । अन्तिम समयमा इराकका आयमेन हुसेनबाट आत्मघाती गोल हुँदा नर्वे ४ गाेल सहित अग्रस्थानमा हुँदा इराकका स्टार स्ट्राइकर आयमेन हुसेनले १ गाेल गरेपनि इराककाे तर्फबाट अरु गाेल नहुँदा ४–१ गाेलकाे फराकिलाे अन्तरले इराक पराजित हुन पुगेकाे थियाे ।

अर्काे खेल विश्वकपकाे साविक विजेता अर्जेन्टिना र अल्जेरियाबीच नेपाली समयअनुसार बिहान पौने ७ बजे हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा