+
Search

ताजा अपडेट +

पपुलर +

अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हरायाे

शब्द-यात्रा
२०८३ असार ३, बुधबार

फिफा विश्वकप २०२६ अन्तर्गत भएकाे खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीको ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको हाे ।

मैदानमा ७९ मिनेट खेलेका फुटबल इतिहासका सर्वकालीन महान् खेलाडी मेसीले फिफा विश्वकपमा अर्को एउटा कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । अल्जेरियाविरुद्धको खेलमा तीन गोल गर्दै मेसीले विश्वकपमा कुल गोल सङ्ख्या १६ पुर्‍याएका हुन् ।

ऐतिहासिक गोलसँगै मेसीले विश्वकप इतिहासमै सबैभन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् । उनले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दा ६० मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । छैठौं पटक विश्वकप खेलिरहेका ४१ वर्षीय मेसीले ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरेका छन् ।

जितसँगै समूह जेमा अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ भने साेहि समूहमा रहेका जोर्डन र अष्ट्रियाको खेल आजै विहान पौने १० बजे सुरु हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा