+
Search

ताजा अपडेट +

पपुलर +

कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने

शब्द-यात्रा
२०८३ असार ३, बुधबार

सुर्खेत । कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३र८४ मा १२२ वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ती पुल निर्माण गर्ने भएको हो ।

मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ । त्यस्तै, रणनीतिक सडक आयोजना निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ ।

पर्यटकीय क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार गर्न सडक र पुल निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा