परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमण सकेर गएराति स्वदेश फर्किएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन भ्रमणमा गएका मन्त्री खनाल गएराति स्वदेश फर्किएका हुन् ।
परराष्ट्रमन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चार दिवसीय भ्रमणका लागि चीनकाे बेइजिङ पुगेका थिए । उनले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का केन्द्रीय समितिको अन्ताराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेट वार्ता गरेका थिए ।
चार दिवसीय भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको बताइएकाे छ ।
प्रतिक्रिया