+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपामा बालेनलाई सोझै मनोनित गरिने

शब्द-यात्रा
२०८३ असार ४, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ‘वरिष्ठ नेता’ को पद सिर्जना गरिने भएको छ ।

रास्वपामा हाल प्रधानमन्त्री वालेन्द्र शाह वरिष्ठ नेता छन् । तर, पार्टीको विधानले उनलाई चिन्दैन ।

‘वरिष्ठ नेता’ सेरेमोनियल रूपमा मात्रै रहने र यो पदमा निर्वाचन नहुने पार्टीका एक पदाधिकारीले बताएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री बालेन नै वरिष्ठ नेता बन्ने छन् । आज बसेको सचिवालय बैठकले एकजना सहमहामन्त्री पनि थप्ने निर्णय गरेको छ । यसअघि ४ सहमहामन्त्रीको व्यवस्था रहेकोमा अब ५ जना पुर्‍याइने भएको हो । त्यसमा १ जना महिला अनिवार्य हुनुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा