+
Search

ताजा अपडेट +

पपुलर +

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ५ जना पक्राउ

शब्द-यात्रा
२०८३ असार ५, शुक्रबार

प्रहरीले यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट २ चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको छ । सवारी चालक अनुमति पत्रका लागि आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा २ सय रुपैयाँ लिएर निरोगिताको प्रमाणपत्र दिएकाे भन्दै उनीहरूलाई पक्राउ गरिएको हाे ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी चालक अनुमतिपत्रका लागि नयाँ तथा नवीकरण गर्न आवश्यक पर्ने मेडिकल रिपाेर्ट आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी दिनुपर्नेमा २ सय रुपैयाँ लिएर निरोगिताको प्रमाणपत्र दिने गरेकाे भन्ने सूचनाकाे आधारमा उनीहरूलाई पक्राउ गरिएको बताइएकाे छ ।

अनुसन्धान जारी रहेकाले नियम उल्लङ्घन गरेकोमा पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखिएको छ । प्रहरीले २ सयमा निरोगिताको प्रमाणपत्र वितरण भएको सूचना पाएपछि जिल्लाबाट प्रहरी टोली परिचालन गरी निगरानी र अवलोकन गर्ने क्रममा कैफियत भेटिएका बताएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा