+
Search

ताजा अपडेट +

पपुलर +

कक्षा १२ को नतिजा प्रकाशन

शब्द-यात्रा
२०८३ असार ५, शुक्रबार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । बोर्डले परीक्षा सञ्चालन भएको ३५ दिनमै रिजल्ट प्रकाशन गरेकाे हो ।

२०८३ वैशाख १४–२७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएकाेमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना रहेका थिए ।

यसवर्ष कक्षा १२ काे परिक्षाका लागि देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र रहेकाे थियो । जसमध्ये सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा