+
Search

ताजा अपडेट +

पपुलर +

पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध

शब्द-यात्रा
२०८३ असार ५, शुक्रबार

हिजाे साँझदेखि परेकाे अविरल वर्षासँगैकाे पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । वर्षाका कारण उक्त सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-६, खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

हिजाे साँझदेखि परेको वर्षाले उक्त सडकखण्डमा पहिराे गएर सडक अवरुद्ध भएकाे बताउँदै कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले भने, “पानी ठूलो परेकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने सम्भावना पनि रहन्छ । सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ ।”

बेँसीसहर-चामे सडक अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङ जाने र सो जिल्लाबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौँ सवारीसाधन अलपत्र परेका छन् । उक्त क्षेत्रमा वर्षैंपिच्छे पटकपटक पहिरो जाने गरेकाले सो स्थानमा यात्रा जोखिमपूर्ण बन्ने गरेकाे छ ।

विगत पाँच-सात वर्षअघि गएको ठूलो पहिरो रोकथाम तथा नियन्त्रण हुन नसक्दा पटकपटक पहिरो दोहोरिने गरेकाे छ । पहिरो रोकथामका लागि सरकारको १९ करोड ४८ लाखमा काम अघि बढे पनि निर्माणमा ढिलाइ हुँदा सो समस्या उत्पन्न भइरहेको पनि प्रहरी नायब उपरीक्षक बस्नेतकाे भनाइ रहेकाे छ ।

२०८० सालमा सम्पन्न हुनुपर्ने पहिरो हालसम्म पनि पहिरो रोकथाम हुन नसक्दा समस्या हुने गरेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा