+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा १ लाख ४१ हजार ट्राफिक कारबाही, १२ करोड ६९ लाख राजस्व सङ्कलन

शब्द-यात्रा
२०८३ असार ६, शनिबार

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई गरिएको कारबाहीबाट रु १२ करोड ६९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार चालु आवको जेठ मसान्तसम्म प्रदेशका ११ जिल्लामा विभिन्न ट्राफिक कसुरमा एक लाख ४१ हजार ६३० वटा कारबाही गरिएको जनाएको छ ।

कारबाहीबाट रु १२ करोड ६९ लाख ४९ हजार ६८ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार ट्राफिक सबैभन्दा बढी कारबाही क्षमताभन्दा बढी यात्रु चढाउने सवारीमाथि कारबाही गरिएको छ । यसमा १८ हजार ८२७ सवारीलाई कारबाही गर्दा रु एक करोड ६४ लाख २९ हजार राजस्व सङ्कलन भएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने ११ हजार ९६९ चालक कारबाहीमा परेका छन् । यसबाट रु ६५ लाख ८२ हजार ५०० राजस्व उठेको छ । ओभरलोडमा सात हजार २३ सवारीलाई कारबाही गर्दा रु ९४ लाख ७८ हजार ७०५ जम्मा भएको छ ।

तीव्र गतिका कारण पाँच हजार ७९४ सवारी कारबाहीमा पर्दा रु ३४ लाख ५५ हजार ५०० राजस्व सङ्कलन भएको छ । प्रयोजनविपरीत सञ्चालित सवारी कारबाहीमा तीन हजार ३६० कारबाहीमा रु ६६ लाख तीन हजार ५०० जम्मा भएको छ ।

यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने एक हजार ४१ सवारीबाट रु पाँच लाख ७३ हजार उठेको छ । ध्वनि प्रदूषण, स्टन्ट र स्वरुप परिर्वतनमा ५२२ सवारी कारबाहीमा रु २४ लाख ८४ हजार ३६३ सङ्कलन भएको छ ।

यसैगरी, अन्य विभिन्न सवारी कारबाहीबाट रु आठ करोड १२ लाख ७९ हजार ५०० सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा