+
Search

ताजा अपडेट +

पपुलर +

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

शब्द-यात्रा
२०८३ असार ६, शनिबार

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जनाको दरखास्त स्वीकृत भएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो । रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो ।

गत २१ जेठमा प्रकाशित दरखास्त आह्वानको सूचनाबमोजिम आवेदन दिएर प्रक्रिया र योग्यता पुगेको आवेदकहरूले अब मूल्यांकन समितिले दिएको समयमा अन्तर्वार्ता र प्रस्तुतिकरण दिनुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा