फिफा विश्वकप २०२६ अन्तर्गतकाे खेलमा नेदरल्याण्ड्सले स्विडेनमाथि ५–१ को जित निकालेकाे छ । नेदरल्याण्ड्सकाे तर्फबाट पाँचौँ र १७औँ मिनेटमा स्ट्राइकर ब्रायन ब्रोबीलेले गाेल गरेका थिए भने दोस्रो हाफमा कोडी गाक्पोले दुई गोल गरेका थिए ।
खेलकाे ८९औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गरेर नेदरल्याण्ड्स फिफा विश्वकप २०२६ को समूह एफको शीर्ष स्थानमा उक्लिएक छ । उता खेलको ५९औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका स्विडेनका एन्थोनी एलाङ्गाले १ गोल गरेपनि अरु गाेल गर्न नसक्दा नेदरल्याण्ड्ससँग हार व्यहाेर्न परेकाे थियाे ।
समूह एफको अर्को खेलमा जापान र ट्युनिसियाबीच हुनेछ भने नेदरल्याण्ड्सले जुन २५ मा ट्युनिसियाविरुद्ध आफ्नो समूह चरणको अन्तिम खेल खेल्ने खेल तालिका रहेकाे छ ।
त्यसैगरि टोरन्टो स्टेडियममा भएको खेलमा जर्मनीले आइभोरी कोस्टलाई २–१ ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ । खेलको ३०औँ मिनेटमा फ्रान्क केसीले गोल गर्दै एमर्स फायको टोली आइभोरी कोस्टलाई सुरुवाती अग्रता दिलाए पनि अरु गाेल गर्न नसक्दा जर्मनीसँग हार व्यहाेर्न परेकाे थियाे ।
जर्मनीकाे तर्फबाट दाेश्राे हापमा डेनिज उन्दाभले खेलको ६८औँ मिनेटमा १ गाेल गरेर खेलबराबरीमा फर्काएका थिए भने ९४औँ मिनेटमा थप १ गाेल गर्दै जर्मनीलाई जित दिलाएका थिए । यस जितसँगै जर्मनी अर्को चरणमा पुग्ने निश्चित भएको छ भने यही समूहको अर्को खेलमा क्युरासाओ र इक्वेडरबीच प्रतिसपर्धा हुँदैछ ।
प्रतिक्रिया