काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा( मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा नबोलाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ढकालले लेखेका छन्,‘आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दै छ। विडम्बना, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।’
महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रममा सीमित नहुनुपर्नेमा जोड दिँदै पार्टीले कुन दिशा रोज्छ भन्ने ठूलो विषय भएको बताए । उनले “राजव्यक्ति” नगर्न र “राजनीति” गर्न सुझाव समेत दिएका छन् । आजदेखि चितवनमा रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ ।
प्रतिक्रिया