काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।
महेन्द्रनगरस्थित एक होटलमा सञ्चालन भइरहेको कार्यक्रममा पुगेकी कुँवर र वडाध्यक्ष देवकोटाबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
घटनापछि वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया