+
Search

ताजा अपडेट +

पपुलर +

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

शब्द-यात्रा
२०८३ असार ९, मंगलबार

आज बिहान झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएकाे छ । झापाको गौरीगञ्ज–३, सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठकाे चट्याङ लागेर मृत्यु भएकाे हाे ।

भोजपुर आमचोक–९,स्थायी घर भएका उनी झापाका स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए । आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिएका छन् ।

चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा