+
Search

ताजा अपडेट +

पपुलर +

पर्सामा मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि बरामद

शब्द-यात्रा
२०८३ असार ९, मंगलबार

हिजाे साँझ पर्साबाट काठमाडौँत आउँदै गरेको मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ । पर्साकाे वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र. ०३-००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको हाे ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले राजस्व छलीको आशंकामा ट्रकलाई नियन्त्रणमा लिई बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको थियो । उक्त ट्रकको चेक जाँचका क्रममा ट्रामाडोल १ लाख २० हजार ६२० क्याप्सुल फेला परेको प्रहरीले जनाएकाे छ ।

बरामद ट्रामाडोल सहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा