कैलालीको गोदावरीमा वनका कर्मचारीले टेम्पो धकेलेर भीरबाट खसालेको घटनाकी पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।
गोदावरी नगरपालिका ४ मा भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा जेठ २९ गते दिउँसो डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट धकेलेर खसालेको घटनामा अन्ततः यस्तो सर्तमा विवाद टुङ्गिएको हो ।
प्रतिक्रिया