काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार रहेकी प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं ६ बस्ने तत्कालीन चारित्रिक विल्डर्स प्रालिकी सञ्चालक सविता कार्की रहेकी छिन् ।
सीआईबीको विशेष टोलीले उनलाई मंगलबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ४ बाट पक्राउ गरेको हो । कार्कीले आफ्नो नाममा चारित्रिक विल्डर्स प्रालि दर्ता गरी बनावटी कागजातहरू तयार पारेर क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी हाउजिङ तथा निर्माण कार्य गर्ने भनी कृत्रिम व्यवसाय र परियोजना खडा गरेकी थिइन् ।
नेपाल राष्ट्र बैंकको जाहेरीले नेपाल सरकार वादी भएको यस बैंकिङ कसूर मुद्दामा कार्की दोषी ठहर भएकी हुन् ।
प्रतिक्रिया