गएराति भएकाे फिफा विश्वकप अन्तर्गत समूह केको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० को फराकिलो गाेल अन्तरले पराजित गर्दै विजयी भएकाे छ । खेलको पहिलो हाफमा रोनाल्डोले क्लोज–रेन्जबाट गाेल गर्दै पहिलाे खाता खोलेका थिए ।
खेलकाे पहिलो हाफकाे अन्तिम समय अघि रोनाल्डोले दोस्रो गोल गरेका थिए भने पोर्चुगलको अर्को खेलाडी नुनो मेन्डेसले तेश्राे गाेल गरेका थिए । दोस्रो हाफको मध्यतिर उज्बेकिस्तानका खेलाडीबाट आत्मघाती गोल भएकाे थियाे भने खेलको ८७औँ मिनेटमा राफा लेआओले गोल गर्दै पोर्चुगललाई ५–० को विशाल जित दिलाएका थिए ।
उक्त खेलमा पोर्चुगलका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै फुटबल इतिहासमा अर्को अभूतपूर्व कीर्तिमान रचेका छन् । यो जितसँगै ४१ वर्षीय रोनाल्डो ६ वटा फरक-फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।
त्यसैगरि अर्काे खेलमा घानाले पूर्व च्याम्पियन इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको छ । बोस्टनमा भएको उक्त खेलमा घाना र इंग्ल्यान्डले अंक बाँडेसँगै दुवै टोली नकआउट चरण नजिक पुगेका छन् ।
गोलरहित बराबरी खेलेका इंग्ल्यान्ड र घाना समूहको शीर्ष दुई स्थानमा कायम रहेका छन् भने अब समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले पानामा र घानाले क्रोएसियासँग खेल्ने खेल तालिका रहेकाे छ ।
प्रतिक्रिया