पछिल्लाे २४ घण्टामा २ हजार ५ सय ५० सवारी चालकलाई गरेकाे ट्राफिक कारबाहीबाट ट्राफिक प्रहरीले १७ लाख बढी राजस्व संकलन गरेकाे छ । सवारी नियम उल्लंधनको कारबाहीबाट ट्राफिक प्रहरीले राज्यकोषमा १७ लाख २४ हजार ५ सय ३ रुपैयाँ राजस्व दाखिला गरेकाे हाे ।
जसमा मादक पदार्थ सेवन गरेको १ सय २, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४२, संकेत बत्ती उल्लंघनकर्ता १ सय ४० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २ सय ७ जनालाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ८, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था जाँच नगरी सडकमा निकालिएका सवारी ३५ र अन्य सवारी नियम पालना नगरेका १ हजार ७ सय ४६ जनालाई कारबाही गरिएको पनि कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया