आजदेखि चाबहिलकाे चुचेपाटी स्थित भाट-भटेनी सुपर स्टोर पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दाेलनकाे क्रममा जलाइएकाे उक्त भाट-भटेनी सुपर स्टोर पुनः मर्मतपछि आषाढ १० गते बुधबारदेखि पुनः सञ्चालनमा ल्याउन लागिएकाे हाे ।
केही समयको अन्तरालपछि स्टोर पुनः खुलेसँगै ग्राहकहरूका लागि दैनिक रूपमा नियमित सेवा प्रदान गरिने बताइएको छ । भाट-भटेनी सुपरमार्केटका प्रमुख सञ्चालक अधिकृत पानू पौडेलका अनुसार स्टोरले आजदेखि नै ग्राहकहरूका लागि आफ्नो नियमित र विशिष्ट सेवा उपलब्ध गराउने तयारी गरेको बताइएकाे छ ।
भाट-भटेनी सुपर स्टोर पुनः सञ्चालनमा आउन लागेको यस विशेष अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरू प्रति हार्दिक आभार प्रकट गर्दै भाट-भटेनी व्यवस्थापनले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूबाट विगतमा जस्तै निरन्तर साथ, शुभेच्छा, सहयोग र अगाध विश्वासको अपेक्षा राखेको जनाएको छ ।
प्रतिक्रिया