+
Search

ताजा अपडेट +

पपुलर +

एक दर्जन प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

शब्द-यात्रा
२०८३ असार १०, बुधबार

प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर रहेका एक दर्जन प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

शाखाले गैर हाजिर भएका प्रहरीहरूको नाम ठेगानासहित सूचना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिनुका साथै सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने र कारबाही गरिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा