+
Search

ताजा अपडेट +

पपुलर +

फेवातालमा डुबेर युवकको मृत्यु

शब्द-यात्रा
२०८३ असार १०, बुधबार

पोखराकाे फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ स्थित फेवातालमा डुबेर १९ वर्षीय युवकको मृत्यु भएको हाे ।

कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित फेवातालमा डुबेर अमर थापाकाे मृत्यु भएकाे हाे । पोखरा महानगरपालिका–१५, रामबजार बस्ने थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरीले खाेजी थालेकाे थियाे ।

फेवातालमा पौडी खेल्ने क्रममा डुबे लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका पोखराबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोली उनको खोजीमा लागेको थियो ।

हिजाे राति करिब ८ बजेको समयमा उद्धारका लागि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायका जनशक्तिहरू खटिएको भए पनि थापा करिब डेढ घण्टापछि फेला परेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा