+
Search

ताजा अपडेट +

पपुलर +

मधेसमा आँप उत्पादन घट्याे

शब्द-यात्रा
२०८३ असार ११, बिहीबार

यसवर्ष मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ । हावाहुरी र रोग–कीराको प्रकोपका कारण आँप उत्पादन घटेको हाे ।

मधेस प्रदेशका कृषि विज्ञ दिनेश यादवका अनुसार किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैँचा व्यवस्थापन तथा सिँचाइ प्रणालीमा सुधार आएको भएपनि उत्पादनमा हावाहुरीले क्षति पुर्‍याएपछि उत्पादन घटेकाे हाे । जसका कारण किसान चिन्तित बनेका छन् ।

कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाकाे विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकोमा उक्त क्षेत्रफलबाट प्रतिहेक्टर औसत ९.४ मेट्रिक टन उत्पादकत्वका दरले २ लाख ९४ हजार ५६७ मेट्रिक टन आँप उत्पादन भएको बताइएकाे छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.४३ मेट्रिक टन उत्पादकत्वका दरले ३ लाख ४१ हजार ४४५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।तुलनात्मक रुपमा चालु वर्ष आँपखेतीको क्षेत्रफल दुई हजार ६९४ हेक्टरले बढे पनि उत्पादन ४६ हजार ८७८ मेट्रिक टनले घटेको देखिन्छ ।

यस वर्ष सबैभन्दा बढी उत्पादकत्व बारामा प्रतिहेक्टर १३.८० मेट्रिक टन र सबैभन्दा कम सर्लाहीमा प्रतिहेक्टर ६.२० मेट्रिक टन रहेको बताइएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा