काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाली रुपैयाँ, अमेरिकी डलर र सुनचाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको झारखण्ड घर भई हाल काठमाडौँ महानगरपालिका–२५ ठहिटी बस्ने ३३ वर्षीय अमितइरगोन्डा घाली रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनको साथबाट नेपाली सात लाख ३० हजार रुपैयाँ, अमेरिकी डलर जम्मा ३४ हजार ५००, सुन जस्तो देखिने पहँलो धातुका विभिन्न टुक्रा १७ थान, (तौल ७५ ग्राम) तथा चाँदी जस्तो देखिने धातु विभिन्न आकारका टुक्रा दुई किलो ६०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका घालीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।
प्रतिक्रिया