राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन् । चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले वाग्लेलाई निर्विरोध निर्वाचित गरेकाे हाे ।
पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि वाग्ले निर्विरोध भएका हुन् भने श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका छन् । पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह-महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था रहेकाे छ ।
यसअघि पार्टीकाे सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया