रूपन्देही जिल्लाको तिलोत्तमा योगिकुटीस्थित नेपाल विद्यतु प्राधिकरणको सभ स्टेशनभित्र १५ वटा अजिंगरका बच्चा भेटिएकाे छ । विगतमा वन जंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदा सर्प बासस्थान खोज्दै मानव बस्ती तिर आउन थालेका हुन् ।
प्राधिकरणको सभ स्टेशनभित्र यति धेरै अजिंगर भेटिएको सम्भवतः पहिलो पटक भएको सर्प उद्धारकर्ता नविन पौडेलले बताएका छन् । सभ स्टेशनबाट अजिंगर देखियो भनेर उद्धार गर्न बाेलाएकाे बताउँदै पौडेलले भने, ‘शुरूमा एउटा उद्धार गरेर फर्किएँ । लगतै फेरि अर्को पनि देखियो भन्ने खबर आयो । त्यहाँ पुगेर हेर्दा फेरि अर्को पनि थपियो । त्यहीँ ठाउँमा बाँकी १२ वटासहित १५ वटा अजिंगर उद्धार गरेँ ।’
ती सबै विद्युत सप्लाई हुने ठाउँमा रहेकाे र उद्धार गरेर जिल्ला वन कार्यालयमा बुझाउने पौडेलको भनाइ रहेकाे छ । त्यसैगरि पौडेलले १५ दिनअघि उक्त क्षेत्रबाट ठूलो अजिंगर समातेर उद्धार गरेका थिए ।
गर्मी बढेसँगै तराई/मधेशमा सर्पको बिगबिगी सुरु हुने गरेकाे छ । एक वर्षअघि तिलोत्तमा–५, प्रेमनगरकाे एक घरभित्र २३ वटा विषालु गोमन सर्प भेटिएकाे थियाे भने वर्षायाम शुरू भएसँगै सर्पको टोकाइबाट अकालमा धेरैको ज्यान जाने गरेको छ ।
प्रतिक्रिया