काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला सुरक्षा समिति, काभ्रेको बैठकले यो सडकखण्डमा असार २२ देखि साउन ४ गतेसम्म १५ दिन रातको समयमा सवारी साधन आवागमन पूर्ण बन्द गर्ने निर्णय गरेको हो।
यो अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्ण रूपमा प्रवेशमा निषेध गर्ने र यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।
अहिले यो क्षेत्रमा सडक स्तरोन्नति भइरहेको छ।
प्रतिक्रिया