+
Search

ताजा अपडेट +

पपुलर +

दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

शब्द-यात्रा
२०८३ असार १६, मंगलबार

अविरल वर्षासँगै दार्चुलाको पनेबाज क्षेत्रकाे तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । गएराति परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको हाे ।

अविरल वर्षासँगै पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उक्त सडकखण्डमा पहिराे खसेर सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन रोकिएकाे छ ।

प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको बताउँदै वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा