+
Search

ताजा अपडेट +

पपुलर +

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता

शब्द-यात्रा
२०८३ असार १६, मंगलबार

काठमाडौँ । वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बक्यौता रकम संकलन भएको हो ।

हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले बताएका छन् ।

ओलीका अनुसार विसं २०४५ सालदेखि नै केही उद्योगहरूले भाडा तिर्न बाँकी राखेका थिए । केही अगाडि करिब ६ सय ३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना प्रकाशित गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा