+
Search

ताजा अपडेट +

पपुलर +

कम्पनी दर्ता र प्यान प्रमाणपत्र अनलाइनबाटै

शब्द-यात्रा
२०८३ असार १६, मंगलबार

काठमाडौं । अब नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले कम्पनीको स्थायी लेखा नम्बर (प्यान) र त्यसको प्रमाणपत्र अनलाइनबाटं डाउनलोड गर्न सक्ने भएका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयले मंगलबार सूचना जारी गर्दै नयाँ व्यवस्था लागू भएको जानकारी दिएको हो ।

कार्यालयका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच सूचना प्रणालीको अन्तरआबद्धता गर्ने विषयमा २०८३ वैशाख ३१ गते समझदारी भएको थियो । सोही समझदारीअनुसार विकास गरिएको प्रणाली कम्पनी रजिष्ट्रारको कार्यालयको ‘सीएएमआइएस’ प्रणालीमा २०८३ असार १५ गतेदेखि सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा